Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीवनीमा आधारित भएर चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले नायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ । 

दिपेन्द्र प्रसाद दाहालको लेखन तथा निर्देशन रहने चलचित्रको मंगलबार राजधानीमा शुभमुर्हुत सम्पन्न भएको हो । चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने बताईएको छ । चलचित्रमा भूमिका निर्वाह गरेवापत ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले जानकारी दिनुभयो ।

ओलीको भूमिकामा अनुपम शर्मा देखिने छन् । उक्त अवसरमा नेता ओलीको यो केबल ब्यक्ति प्रशंसाको लागि मात्र नभइ राष्ट्रलाई कसरी एकतामा बाँध्न सकिन्छ भन्ने सन्देश पनि चलचित्रले दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया