Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

नेपालगन्ज – बाँके बर्दिया मैत्री समाज जापानले बर्दियाको शैक्षिक उत्थानका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग र पुस्तक सहयोग गरेको छ ।

बर्दिया जिल्लामा क्रियाशील सिर्जनशील समाज नेपाललाई क्रियटिभ ह्याण्ड्स मार्फत समाजले आर्थिक सहयोग गरेको हो । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीलाई समाजले नेपालमा संयोजनकारी भुमिकाका लागि अघि सारेको छ ।

क्रियटिभ ह्याण्ड्स र सेलिब्रिटी खबर अनलाइन पत्रिकाद्वारा सोमवार नेपालगन्जस्थित सिएसटी होटल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्राज्ञ सनत रेग्मी, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, बार्दली फाउन्डेसनका अध्यक्ष भोजराज शर्मा नादिर, कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारी र कान्तिपुर दैनिकका मध्यपश्चिम ब्युरो प्रमुख जनक नेपालले संयुक्त रुपमा सिर्जनशील समाजका प्रतिनिधि अमृत शर्मा ढकाललाई चेक तथा पुस्तक हस्तान्तरण गर्नुभयो ।

क्रियटिभ बुक्सको पहलमा बुकहिल प्रकाशन र घोष्टराइटिङ नेपालबाट प्रकाशित पुस्तकहरु हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया