Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बैतडी – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयनमा सरकार उदासिन रहेको आरोप लगाउनुभएको छ ।

पार्टीको जनपरिचालन अभियानअन्तर्गत आज बैतडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सरकारले निर्वाचन गर्न नचाहेको आरोपसमेत लगाउनुभयो ।

उपाध्यक्ष रावलले “यो म्यादी सरकार हो, यसले न अघिल्लो सरकारले ल्याएका कार्यक्रमलाई कार्यान्वयन गर्न सकेको छ, न आफूले नयाँ कार्यक्रम ल्याउन सकेको छ,” भन्दै सरकारले सबै काम अहिले लथालिङ्ग अवस्थामा छोडेकाले पनि जनतालाई दुःख भएको बताउनुभयो ।

सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेस दुवै दलले चुनाव नचाहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “संशोधन प्रस्तावले मुलुकलाई विखण्डनतिर लैजान सक्ने भएकाले यसलाई एमालेले विरोध गरिरहेको छ ।’

सदियौदेखि मिलेर बसेका समुदायबीच द्वन्द्व फैलाउन सरकार अग्रसर भएको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया