Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताताउनु भएको छ । चुनावको मिति घोषणाको विषयमा प्रमुख दलका शीर्ष नेताहरुसँग आफूले निरन्तर छलफल गरिरहेको भन्दै उहाँले केही दिनभित्रै मिति घोषणा हुने बताउनु भएको हो ।
१३औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा र संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्‍याउन सरकारले तीव्र ढंगले काम गरिरहेको दाबी समेत गर्नुभयो ।
उहाँले भूकम्पपीडितको घर निर्माणका लागि दिइने रकम पनि छिट्टै निकासा गर्ने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ज्यापू संस्कृति विकास कोषको अक्षयकोषका लागि १५ लाख रुपैयाँ राज्यका तर्फबाट प्रदान गर्ने घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया