Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – मंगलबार (आज)देखि कतारले आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।
आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको ‘कफाला’ प्रणाली संशोधन गरी नयाँ नियम लागू गरिएको हो । कतार सरकारले कफाला प्रणालीमा संशोधन गरी कामदारलाई थप अधिकार प्रदान गर्ने नियम लागू गरिएको हो । कफालालाई आधुनिक दास बनाउने प्रणाली भन्दै चर्को आलोचना गरिएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागू गरेको हो ।
नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । कतारको मन्त्रिपरिषद्ले गत वर्ष नयाँ कानुनको मस्यौदा बनाई अमिरलाई पठाएकामा अमिरबाट डिसेम्बर १३ अर्थात् आजैका मितिबाट लागु हुने गरी स्वीकृत गरिएको थियो । कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म शवसमेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैनन् ।
पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ । कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अब कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार बिदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले बिदा नदिए छुट्टै समिति बनाइने र त्यहाँबाट बिदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ ।
कामदारले अब रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगारदातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराउनु पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नुअघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ ।
करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया