Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

सप्तरी – पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्याङ्ग्रिएर सप्तरीको गोबरगढामा गए राति एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेकाको प्रहरीले जनाएको छ । बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ्यानमै उनको मृत्यु भएको बताइएको छ ।

केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया