Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – पछिल्लो राजनीतिक गतिरोध अन्त्यका बारेमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई संसद बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले संसद बैठकको अवरोध हटाएर निर्वाचन सम्बन्धी विधेयक पास गराउन सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । यस्तै प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि आफूलाई लागेको राष्ट्रघातीको आरोपको खण्डन पनि गर्नुभएको छ ।

उहाँले ओलीलाई संशोधन प्रस्ताव कसरी राष्ट्रघाती भयो भनेर प्रश्न पनि गरेको बताईएको छ ।

तपाईको प्रतिक्रिया