Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेशनल डेमोक्रेटिक इस्टिच्युट (एनडिआई) का प्रमुख केनेथ वालाक र स्विस राजदूत योर्ग फ्रिडेनले छुट्टाछुट्टै भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा एनडिआईका प्रमुख केनेथले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारी संस्थाहरुको सकारात्मक योगदान रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक र अनुकरणीय रुपमा समापनको दिशामा गएको भन्दै शान्ति प्रक्रियामा सहयोगी भूमिका खेलेकामा संयुक्त राष्ट्र सङ्घलगायतका मित्रहरुलाई धन्यवाद दिनुभयो । केनेथले नेपालको शान्ति प्रक्रिया मौलिक र विश्वकै लागि अनुकरणीय रहेको भन्दै त्यसको नेतृत्व गरेकामा प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिनुभयो ।

प्रधानमन्त्रीले नेपाल आर्थिक समृद्धि र सुशासनको दिशामा अगाडि बढेको जानकारी गराउँदै त्यसका लागि विश्व समुदायको सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच सोमबार नै स्वीस राजदूत योर्ग फ्रिडेनले पनि आजै प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्रीले स्विस सरकारले नेपालको विकासका मुद्दाहरुमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रिया र आर्थिक समृद्धिको मार्गमा अघि बढिरहेको बताउनुभयो ।

सो अवसरमा स्विस राजदूत फ्रिडेनले नेपाललाई संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा सफलता मिल्ने विश्वास व्यक्त गर्दै त्यसका लागि स्विस सरकार सधैँ सहयोगी रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया