Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – चर्चित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन् । यसअघि नेकपा माओवादी केन्द्रमा रहेकी भनेर चर्चामा रहेकी थापालाई आज एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा हालसम्म आफूले कुनै पार्टीको सदस्यता नलिएको जिकिर गर्दै आज राप्रपाको सदस्यता लिएर प्रवेश गरेको बताईन् । आफू हिन्दू नारी रहेकाले आफू सदैव हिन्दू राष्ट्रका लागि लडिरहने पनि उनको भनाइ थियो । 

रेखाले आफू राष्ट्रवादी रहेको र सबैलाई यसको पक्षमा उभिन आह्वान पनि गरिन् । नायिका थापाले आज मात्र पार्टीमा प्रवेश गरेको बताएपनि २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट रेखाले उम्मेदवारी दिने तयारी समेत गरेकी थिइन् । तर, मतदाता नामावलीमा नाम नरहेका कारण रेखाको उम्मेदवारी दर्ता हुन नसकेको चर्चा चलेको थियो ।

यसअघि चर्चित कलाकार कोमल वली पनि राप्रपामा प्रवेश गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया