Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पाँचथर – नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाउनुभएको छ ।

पाँचथर सदरमुकाम फिदिममा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताउनुभयो ।

संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको सचिव आचार्यको टिप्पणी थियो । उहाँले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया