Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपालकी समाजसेवी पुष्पा बस्नेतले सिएनएन ‘सुपर हिरो’को उपाधि जित्नु भएको छ । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरु मध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो । 

अमेरिकी टेलिभिजन सिएनएनले सिएनएन हिरो पुष्पा बस्नेतलाई मतका आधारमा सीएनएन सुपर हिरोबाट पुरस्कृत गरेको हो । ५० हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार अमेरिकामा आयोजित एक कार्यक्रमका बीच बस्नेतलाई प्रदान गरिएको छ । नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जित्नुभएको हो । सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेत सहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए । 

पुर्व सिएनएन हिरो फिलिपिन्सका एफ्रेन पेना फ्लोरिडा, अमेरिकाका चाङ्ग प्रेग्राके, लिज म्याकक्राट्नी र ईन्डोनेशियाकी रोबिन लिम मनोनयनमा पर्नुभएको थियो । उपाधि जितेपछि आफ्नो छोटो प्रतिक्रियामा दिदैं पुष्पाले भन्नुभयो,‘सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा बस्नेतलाई सिएनएनले सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।

उहाँ प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया