Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ, चैत २४- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा भवन नयाँ बानेश्वरअगाडि पाँच मिनेट कुचो लगाएर राष्ट्रिय स्वयंसेवा अभियान २०६८ को आज उदघाटन गरेका छन् ।  आजदेखि चैत ३० गतेसम्म चल्ने अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा सरसफाइ गरिने छ ।
सरसफाइ कार्यक्रममा स्थानीय विकासमन्त्री, प्रधानमन्त्रीकी धर्मपत्नी, मुख्यसचिव लगायत सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
सरसफाइ कार्यक्रमअघि सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो काम आफै गर्ने परम्पराको सुरुआतस्वरूप अभियान सञ्चालन गरिएको बताए । उनले यसले नेपालीमा स्वयम्सेवाको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले समृद्ध नेपाल र नयाँ नेपालसँगै सफा नेपाल नेपाल निर्माणमा पनि लाग्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न र अभियानमा सहभागी हुन सबैसँग अपिल गरे ।
स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले सन्देशमूलक र चेतनामूलक कार्यक्रमका रूपमा अभियान ल्याइएको जानकारी दिँदै यसलाई निरन्तरता दिइने बताए । रासस
तपाईको प्रतिक्रिया