Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि कतारका नवनियुक्त राजदूत युसुफ मोहमद अहमद अल हायलले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आज भएको शिष्टाचार भेटवार्तामा उपराष्ट्रपति पुनले नेपाल र कतारको सम्बन्ध चार दशक पुरानो भएको बताउनुभयो । उहाँले कतार नेपालीहरूको ठूलो श्रम गन्तव्य भएको उल्लेख गर्दै नेपाली श्रमिकको हितमा नयाँ श्रमकानुन पारित गरेकोमा कतार सरकारलाई धन्यवाद दिनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको बताउनुहुँदै लगानीका लागि कतारलाई आग्रह गर्नुभयो । उहाँले कतारले छोटो समयमा हासिल गरेको समृद्धिबाट नेपालले सिक्न चाहेको बताउँदै नवनियुक्त कतारी राजदूतको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा कतारका राजदूतले नेपाल कतारको असल मित्र राष्ट्र भएको बताउँदै कतारलाई समृद्ध बनाउनमा नेपालीको ठूलो भूमिका रहेको बताउनुभयो । राजदूत युसुफले कतारका प्रत्येक कारखानामा नेपाली कामदार रहेको उल्लेख गर्नुहुँदै नेपाली कामदारका लागि सुविधासम्पन्न आवास बनाइरहेको र नयाँ श्रमकानुन लागू गरिएको बताउनुभयो । राजदूतले कतार र नेपालको मानवअधिकार आयोगबीच महत्वपूर्ण सम्झौता हुन लागेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया