Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

पाँचथर – तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

2

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् ।

1

तपाईको प्रतिक्रिया