Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – बौद्धमा एक ट्याक्सी चालकको शंकास्पद रुपमा ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले प्रहरी चौकीभित्र थुनेर सईसहित सात जनालाई जलाउने प्रयास गरेका छन् । बा २ झ २२३ नम्बरको ट्याक्सीका चालक दोलखाका ३६ वर्षे राजुकमार लामा बौद्धमा गम्भीर घाइते भेटिएपछि एक व्यक्तिले उपचार गर्न कारमा हालेर चौकी नजिक र्पुयाए ।

ff

प्रहरीले उनको आफन्तको खोजी र्गयो । र उनलाई उपचारका लागि बौद्धमा रहेको स्तुपा अस्पतालमा र्पुयाइयो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगियो । त्यहाँ उपचारको क्रममा चालकको ज्यान गयो ।

लामाको शंकास्पद रुपमा ज्यान गएको भन्दै आफन्तसहित केही स्थानीयबासिन्दा बिहान बौद्ध प्रहरी चौकीमा उजुरी दिन आएका थिए । ‘चालकका आफन्त संयमित नै थिए ।

तर केही स्थानीयबासिन्दाले प्रहरीले ८ बजे नै होटल बन्द गराउने गरेको बिषयलाई इस्यु बनाएर आक्रमणको प्रयास गरे’ गौशालाका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले भन्नुभयो ।

स्थानीयले चौकीमा रहेका एउटा सरकारी मोटरसाइकल, अन्य तीनवटा मोटरसाइकल, कम्युटर, टिभीलगायतका सामान जलाउनुका साथै झ्याल ढोका पनि तोडफोड गरेको प्रहरी नायव निरीक्षक कार्कीले बताउनुभयो ।

आक्रोशित स्थानीयले सई सहित सात जनालाई चौकीभित्र थुनेर पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको र स्थानीय प्रहरीलाई खबर गरेपछि प्रहरी ढोका फोडेर बाहिर निस्किएको कार्कीले जानकारी दिनुभयो । ‘८ राउण्ड हवाईफायर गरेपछि उनीहरु भागे र प्रहरीको ज्यान बच्यो’ उहाँले भन्नुभयो ।

तोडफोड गर्ने र पेट्रोल छर्केर आगो लगाउन खोज्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया