Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

उदयपुर  – बसको ठक्करबाट उदयपुरमा आइतबार एक बालिकाको ज्यान गएको छ ।  रामपुर ठोक्सिला–९ कि ४ वर्षिया बालिका स्मारिका श्रेष्ठको ज्यान गएको हो ।

सडकमा खेलिरहेका बेला ना४ख ८०८१ नम्बरको बसले ठक्कर दिँदा बालिकाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयुरका प्रहरी नायव उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

गाडीले बालिकालाई ठोक्सिलाको हिमाली चोकमा ठक्कर दिएको थियो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया