Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

बनेपा – काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नम्बरको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नम्बरको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको हो ।

प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका अन्य नौजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया