Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संयुक्त राष्ट्र संघ विश्व शान्ति परिषदले एक नेपाली युवालाई आफ्नो शान्ति राजदुतमा नियुक्त्त गरेको छ । भीमसेन सापकोटा अर्थात अध्यात्मिक जगतमा आचार्य राजन शर्मा नामले चिनिने उहांलाई हालै उक्त जिम्वेवारी दिएको हो । 15401247_1217469961668745_351330430_n

परिषदले सापकोटलाई यस अघि आफ्नो शिखर सम्मेलनमा वक्त्ताको रुपमा ’चेक रिपब्लिकमा निम्त्याएको थियो । नेपाली अध्यात्मिक जगतको प्रतिनिधीत्व गर्द्दै सापकोटाले उत्त, शिखर सम्मेलनलाई सम्वोधन गर्नुभएको थियो । सोहि सम्मेलन मार्फत सापकोटालाई अस्ट्रेलिया तथा ओसिनिया क्षेत्रका देशहरू हेर्ने जिम्मेवारी सहित चयन गरेको जनाएको छ ।

सम्मेलनमा १७० भन्दा बढि देशका राष्ट्र प्रमुख, सरकार प्रतिनिधि र कुटनितिज्ञहरूको सहभागिता थियो । सम्मेलनको वक्तव्य पश्चातको अर्को चरणमा सम्मेलनका सहभागिहरूलाई योग मार्फत ,शान्ति सकारात्मक कार्यक्रम गरेका थिए ।

सिन्धुपाल्चोक बासवारी जन्म घर भएका सापकोटा अस्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालय सिड्नी तथा अस्ट्रेलियन आइडियल कलेजमा प्राध्यापन समेत गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया