Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – टर्कीको इस्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा २१ जनाको मृत्यु भएको छ । विस्फोटमा परी १६६ जना घाइते छन् । _92917524_hi036831683

प्रहरी अधिकारीलाई लक्षित गरी एउटा कार बम तथा एउटा आत्मघाती बम विस्फोट भएको टर्कीका अधिकारीले जनाएका छन् । बम विस्फोटपछि गोली हानाहान भएको प्रत्यक्ष दर्शीले बताएका छन् । विस्फोट टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक घण्टापछि भएको थियो । _92917521_hi036831596

हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएका छैनन् । तर, टर्कीमा हुने यस्ता हमलामा कुर्द चरपन्थी या इस्लामिक स्टेट जिम्मवार हुने गरेका थिए । टर्कीका ठूला सहरमा चरपन्थी हमलाका घटनामा पछिल्ला दिन बढेका छन् ।

तपाईको प्रतिक्रिया