Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

कञ्चनपुर – सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट आज ११ किलो ५०० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक लोकराज भट्टको कमाण्डमा खटिएको टोलीले बेदकोट नगरपालिकाको लालपुर चौराहा नजिकैबाट चरेससहित वेदकोट नगरपालिका वडा नं १० का ३७ वर्षीय मोहन पन्त र सोही ठाउँका २२ वर्षीय नरेश डगौरालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा दुवैजनालाई चरेससहित पक्राउ गरिएको प्रनानि भट्टले बताउनुभयो । आज साँझ ५ बजेतिर पक्राउ परेका दुवैजनालाई आरआइटीको टोलीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया