Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

check-confrence-2

चेक रिपब्लिक – संयुक्त्त राष्ट्र सङ्घ विश्व शान्ति परिषदले एक नेपाली युवा लाई आफ्नो शान्ति राजदूतमा नियुक्त्त गरेको छ ।

चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न चेक शिखर शान्ति सम्मेलन मार्फत अध्यात्मिक जगतमा आचार्य राजन शर्मा नामले चिनिने भीमसेन सापकोटालाई उक्त जिम्वेवारी दिइएको हो ।

परिषदले सापकोटलाई यस अघि आफ्नो शिखर सम्मेलनमा वक्त्ताको रूपमा चेक रिपब्लिकमा निम्त्याएको थियो । नेपाल र नेपाली अध्यात्मिक जगतको प्रतिनिधित्व गर्द्दै सापकोटाले सो शिखर सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो ।

सोही सम्मेलन मार्फत सापकोटालाई अस्ट्रेलिया तथा ओसिनिया क्षेत्रका देशहरू हेर्ने जिम्वेवारीका साथ शान्ति राजदूत चयन गरिएको जनाइएको छ । सम्मेलनमा १७० भन्दा बढी राष्ट्रका प्रमुख, सरकारका प्रतिनिधि र कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो ।

वक्तव्य पश्चातको अर्को चरणमा सम्मेलनका सहभागीहरूले योग मार्फत, शान्ति सकारात्मक कार्यक्रम गरेका थिए । नवनियुक्त शान्ति राजदूत सापकोटा सिन्धुपाल्चोक, बांसवारि जन्म घर भई हाल अस्ट्रेलियामा आधारित रहेर विश्वका विभिन्न सहरमा, सकारात्मक सोचका कार्यक्रम, योग, ध्यान तथा आर्ट अफ ह्यापिनेसु कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालाय, सिड्नी तथा अस्ट्रेलियन आइडियल कलेजमा प्राध्यापन समेत गर्दै आउनुभएका सापकोटा नेपाल गणतान्त्रिक फिजि सांस्कृतिक राजदूत समेत हुनुहुन्छ। सापकोटाले अस्ट्रेलिया फर्के पछि संचारमाध्यमहरूलाई आफू प्रतिनिधि पात्र मात्र बनेको बताउनु भएको छ । ‘वास्तवमा यो उपलब्धि त नेपाल र अध्यात्म प्रेमीहरूको हो’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया