Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताउनु भएको छ । timthumb

उहाँले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको हो । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले चुनावका क्रममा अनियमितता भएकाले निर्वाचनको परिणाम स्विकार्न नसकिने स्पष्ट पार्नु भएको हो । ‘मैले स्वतन्त्र निर्वाचन आयोगप्रति पूर्ण विश्वास गरेको र इमान्दार छ भन्ने ठानेको थिएँ, तर त्यस्तो भएन, निर्वाचनका क्रममा केही गलत र पक्षपातपूर्ण काम भएको छ, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राष्ट्रपति जम्मेहले जोड दिँदै भन्नुभयो, ‘म फेरी दोहोर्याएर भन्न चहान्छु, अहिले जे भएको छ, त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्न सक्दिन, यहाँ स्विकार्नेै नसिकने गल्ती भएको छ ।’ उहाँले यस निर्वाचनलाई देशको इतिहासमै सबैभन्दा शंकास्प्रद निर्वाचनको संज्ञा दिँदै आफ्ना प्रतिश्पर्धीले भन्दा धेरै भोट आफुले ल्याएको दावी गर्नु भएको छ ।

अफ्रिका महादेशको सबैभन्दा सानो २० लाख भन्दा कम जनसंख्या भएको देश गाम्बियामा २२ वर्षअघिदेखि जम्मेहले सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । – एएफपी

तपाईको प्रतिक्रिया