Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – इण्डोनेसियामा भूकम्पका कारण ४५ हजार जना घरबार विहिन भएको अधिकारीहरुले बताएका छन् । भूकम्पका कारण अहिलेसम्म एक सय जनाभन्दा बढीको मृत्यु भएको तथ्याकं सार्वजनिक भएको छ ।

भूकम्पबाट विस्थापितहरु भूकम्प प्रभावित क्षेत्रभन्दा टाढा टाढा जान थालेको अधिकारीले शनिबार जानकारी दिएका छन् । कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्लामा मात्र करिब ११ हजार घर र भवनहरु क्षतिग्रस्त भएको बताइएको छ ।

भूकम्प प्रभावित दजनौंको सङ्ख्यामा त्रिपालहरु बाँडिएको र यस ६.५ रिक्टर स्केलको मापन गरिएको भूक्म्पबाट भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका छन् । शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सख्यासमेत बढ्ने अनुमान गरिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया