Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

टोकियो – परोपकारी कामको लागि सहयोग जुटाउन आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन कलाकारहरुको टोली जापान आइपुगेको छ । जापानमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिन चर्चित गायक गायिका सहित हांस्य कलाकारको टोली जापान आइपुगेको हो ।15451075_1296069860456884_1186508287_n

भोली आइतबार हुने कार्यक्रमको लागि लोकप्रिय गायिका इन्दिरा जोशी सहितका कलाकारहरु आज बिहान जापान आइपुगेका हुन् । कलाकारहरुलाई आयोजक संस्था रामेछाप समाज जापानका पदाधिकारी सहित युवा व्यवसायी भुवन अधिकारीले स्वागत गर्नुभयो । रामेछाप सांगीतिक साँझ २०१६ नाम दिइएको कार्यक्रमबाट आयोजकले ‘बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लामा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने जनाएको छ ।

कार्यक्रमका लागी चर्चीत गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) आइपुगेका छन् । भोली टोकियोस्थित इकेगामी हलमा दिउँसो ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया