Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

पर्सा – बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो ।

लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

बैठकले जिल्लामा रहेको अस्पताल तथा स्वास्थ्यचौकीलाई बढ्दो शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत निर्देशन गरिएको छ ।

लगातार छ दिनदेखि लागेको कुहिरो र लगातार चल्ने बतासका कारण तापक्रम झदै गएपछि बारा पर्साको जनजीवननै प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया