Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ पब्लिक युथ क्याम्पस एकाइ समितिले शुक्रबार आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उद्योगमन्त्री जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशिएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “उद्योगधन्दाको विकास गरी विदेशिएका युवालाई स्वदेशमा बस्ने वातावरण बनाउन सरकार लागिपरेको छ ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया