उदयपुर – हलेसी महादेवको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उपयपुरको लेखानी–६ भदौरेमा दुर्घटना हुँदा ३ जानको ज्यान गएको छ । १० जना गम्भीर घाइते भएका छन् ।
धार्मिक स्थल खोटाङ हलेसी पुगेर सप्तरी फर्केको ना ४ ख ३६२० नम्वरको बस शुक्रबार बिहान दुर्घटना सिद्धीचरण राजमार्ग अन्तर्गतको भदौरमा दुर्घटना भएको स्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोइरालाले जानकारी दिनुभयो ।
ज्यान जानेमा सप्तरी मघुपट्टी–६ का ३३ वर्षे कुसुमदेवी राम, वर्षे ६० सरस्वतीदेवी राम छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । बसमा भएका याुत्रका बारे डिएसपी कोइरालाले भन्नुभयो ‘४२ जना याुत्र रहेको जानकारी हामीलाई आएको छ ।’ बस सडकबाट २५ मिटर तल खेसको उहाँले बताउनुभयो ।
अहिले उदयपुरको कटारीबाट एम्बुलेन्ससहित प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली घटना स्थलमा पुगेको छ । यात्रुबाहक बसको ब्रेकको नट खुस्कीएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।