Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – स्वर्गीय पत्रकार कर्ण बोहोराकी धर्मपत्नी ममता बोहोराको उपचारका लागि नेपाल पत्रकार महासंघले थप एक लाख साठी हजार सहयोग रकम प्रदान गरेको छ ।15319091_1441713589187196_94808612150645048_n

भेनस अस्पतालमा उपचाररत स्व. बोहोराकी धर्मपत्नी ममता बोहोरालाई महासंघका महासचिव उजिर मगर, सल्लाहकार पोषण केसी, कोषाध्यक्ष सूर्यमणि गौतम केन्द्रीय सदस्यद्वय प्रकाशविक्रम शाह र खगेन्द्र पन्तको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । उक्त रकम हाल क्यानडामा रहुनु भएका सञ्चारविज्ञ भानुभक्त आचार्यको सक्रियतामा संकलन गरी महासंघलाई प्राप्त भएको हो ।

महासंघले पत्रकार कर्ण बोहोराको निधनपछि दुवै मृगौला फेल भई विगत ७ महिनादेखि उपचाररत उहाँकी धर्मपत्नी ममता बोहोराको उपचारमा आर्थिक सहयोग जुटाउन देश–विदेशमा ‘आर्थिक संकलन अभियान’ सञ्चालन गरिरहेको छ ।

आर्थिक सहयोग गर्न चाहने सह्दयी महानुभावहरूले नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि. को ००१०३६३५२ ए खातामा सहयोग जम्मा गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया