Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संविधान संशोधन प्रस्ताव दर्ता भएपछिको राजनीतिक गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले मुख्य दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।

सभामुख घर्तीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छुट्टाछुट्टै छलफल गरि गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

सभामुखसँगको छुट्टाछुट्टै भेटमा देउवा र ओलीले आआफ्नो अडान दोहोर्‍याएका छन् । भेटवार्तापछि कांग्रेस सभापति देउवाले संशोधनको विषयमा कुरा भएको र गतिरोध चाँडै अन्त्य हुने दाबी गर्नुभयो ।

यस्तै, एमाले अध्यक्ष ओलीले सभामुखसँग संशोधन प्रस्ताव फिर्ता भए आफू संसद अवरुद्ध नगर्ने पक्षमा रहेको बताएको जानकारी दिनुभयो । सरकारका कारण गतिरोध उत्पन्न भएको र उसले नै प्रस्ताव फिर्ता लिए सजिलै समस्या समाधान हुने ओलीको भनाइ थियो । सरकारले मंसिर १४ गते पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित चार विषयमा संशोधन प्रस्ताव ल्याएपछि विपक्षी एमाले सहितका दलले संसद अवरुद्ध गर्दै आएका छन् ।

दलहरुबीच संवादहीनता बढेपछि सभामुख घर्तीले छलफलमार्फत समस्याको समाधान खोज्न आग्रह गर्नुभएको हो । दुवै नेतालाई भेटेपछि सभामुख घर्तीले आपसमा छलफल गर्न र समस्या थप जटिल नबनाउन सुझाव दिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया