Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

ललितपुर – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भूकम्प प्रभावितलाई वितरण गर्न लागेको नयाँ ट्याक्सीका लागि अझै कम्प्युटरमा तथ्याङ्क राख्ने काम बाँकी रहेको जनाएको छ ।

भूकम्प प्रभावितले ट्याक्सीका लागि फाराम भरेको चार महिना बित्दासमेत यातायात व्यवस्था कार्यालय वाग्मतीअन्तर्गतको साना–ठूला सवारी शाखाले तथ्याङ्क राख्ने कार्य सम्पन्न गर्न सकेको छैन । सो कार्य सम्पन्न गर्न अझै डेढ महिना लाग्ने कार्यालयका प्रशासन प्रमुख हरि लामिछानेले बताउनुभयो ।

तथ्याङ्क भर्नका लागि दैनिक १४ जना कर्मचारी खटिएको उहाँको भनाइ छ । कार्यालयले दैनिक चार हजार जनाको विवरण भरिरहेको छ । भूकम्पपीडितको परिचयपत्र नभएका वा दोहोरो फाराम भरेका निवेदन आएका कारण काममा ढिलाइ भएको लामिछाने बताउनुहुन्छ ।

कार्यालयले गत साउन ५ गतेदेखि भदौ २ गतेसम्म सबै वर्गका भूकम्पपीडितबाट नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो । फाराम भर्नेहरुबाट एक हजार ५०० लाई चिट्ठाबाट नाम निकाल्ने तयारी भएको छ ।

चिट्ठा निकाल्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । नम्बर दर्ताका लागि सहुलियत दिन लागे पनि ट्याक्सी खरिदका लागि भने कुनै निर्णय नभएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया