Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ । केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो ।

तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ । समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

साथै समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

त्यस्तै समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया