Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

मोरङ  – मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । को १ त ६४९२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा  चालक सुनसरी रामगञ्च बेलगछिया–८ का ३० वर्षका उमेश उराउको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उराउको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया