Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

भक्तपुर – नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान समयमा सडक आन्दोलन जुलुस हड्ताल भन्दा पनि संसदमा आएर संशोधनका बिषयमा छलफल अगाडि बढाए मात्र समाधानको उपाय निक्लने बताउनु भएको छ ।

dsc_0074

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले एमालेले संबिधान संशोधनको पक्षमा नरहेता पनि संसदको पक्रियालई अवरुद्ध नगरि संशोधनको छलफलमा गए मात्र संबिधान कार्यान्वयनको पाटोले तिब्रता पाउने भन्दै सहकार्य र सम्झौता नै संबिधान कार्यान्वयनको सफल पक्ष रहेको बताउनु भयो ।

संबिधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन असम्भव रहेको रिजालको टिप्पणी छ । मधेशी नेताले बोले बिदेशीले बोलेको भन्ने भ्रमलाई त्याग्दै मधेशका नागरिकको जायज मागलाइ सम्बोधन गर्नु पर्ने र संसदमा छलफल गर्दै गए अझ राम्रा संशोधन आउने र त्यसले नेपाललाई समृद्धि तर्फ लाँदै संबिधान कार्यान्वयनको पाटो मजबुद हुने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया