Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

भक्तपुर – नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बीनी भारतले कब्जाको रणनीति बनाएको र हाल आएर सफल हुन लागेको बताउनु भएको छ ।

dsc_0070

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राउँदै लुम्बीनी कब्जा गर्ने रणनीति भएको बताउनु भएको हो ।

उहाँले प्रतिपक्षलाई जानकारी नै नदिई जसरी संबिधान संशोधनको प्रक्रिया संसदमा बढाएको छ, यो नेपाल र नेपालीको हितमा नरहेकाले यो फेल हुने र सत्ता पक्षले भनेको जस्तो बहुमत नरहेको र सत्ता पक्षकै सांसदहरु संशोधनको बिपक्षमा रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया