Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक तथा डा. बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी अहिले अहिले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा छन् । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिनुभएको थियो ।

उहाँले कालो झण्डा र गाली तथा मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक नपर्ने बताउनुभएको थियो । पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई नलागेको बताईएको छ । सञ्जिवमाथि नयाँ शक्तिका बिद्यार्थीहरुले हातपात समेत गरेका छन् । जसबाट उनलाई सामान्य चोटपटक लागेको छ । घटनापछि सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया