Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

दाङ  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउनु भएको छ । कसैलाई चित्त नबुझेमा संसदीय प्रक्रियाबाटै त्यसलाई पनि संशोधन गर्न सकिने उहाँको भनाई छ ।

pm-prachanda-1

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै आन्दोलन गरीरहेका बेला प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नगर्ने अडान लिनुभएको हो ।

दाङको राप्ती नदीमा बन्न लागेको नेपालकै दोस्रो लामो पुलको शिलान्यास गर्दै दाहालले सबै दलहरुलाई साथमा लिएर संविधान संशोधन प्रस्ताव पास गरिने बताउनु भयो । संविधान संशोधन प्रस्ताव राष्ट्रघातका लागि नभएर देशलाई निकास दिन र संविधान कार्यान्वयनका लागि भएको पनि उहाँले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले दाङको सिशहनिया र महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास गर्नु भएको छ । नेपालकै दोस्रो लामो पुल ८ सय ६० मिटर लम्बाई हुनेछ । पुल बनाउन ९२ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया