Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

इन्डोनेशिया – इन्डोनेशियामा गएको ६ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

इन्डोनेशियाको आचे प्रान्तको समुद्र केन्द्रविन्दु भएर ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सुमात्रा टापुको सिग्ली शहरबाट १९ किलोमिटर दक्षिण पूर्व पर्छ । भूकम्पका कारण आचेका धेरै भवन भत्किएका छन् । भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमान छ ।

सुनामीको खतरा भने नरहेको इन्डोनेशियाको मौसम विभागले जनाएको छ । नेपाली समय अनुसार बुधबार बिहान चार बजेर ४८ मिनेट जाँदा भूकम्प गएको हो ।

ज्यान जानेको संख्या बढ्न सक्ने अनुमान छ । आचेमा सन् २००४ मा समुद्रमुनि गएको भूकम्पका कारण आएको सुनामीका कारण एक लाख २० हजार जनाको ज्यान गएको थियो । उद्धार तथा राहतको काम भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । 

 

तपाईको प्रतिक्रिया