Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास वालुवाटारअगाडि प्रदर्शन गरेका छन् ।

ss-1

उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायतले सम्बोधन गर्दै संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गर्नुभएको थियो ।

प्रदर्शनमा विपक्षी दलका भ्रातृ सङ्गठन, युवा सङ्घ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठन, प्रगतिशील युवा सङ्घ, अखिल नेपाल युवक सङ्घ तथा अखिल छैटौँको सहभागिता रहेको थियो ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया