Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

ब्राजिल – ब्राजिलको एक फुटबल टिमका धेरैजसो खेलाडीको ज्यान जानेगरी भएको विमान दुर्घटनापछि अनुसन्धानका लागि बोलिभियाका अधिकारीले एयरलाइन्सका प्रमुखलाई पक्राउ गरेका छन् ।

गएको मंगलबार ७७ जना रहेको विमान कोलम्बियाको मेडेल्लिन शहर नजिक दुर्घटना हुँदा ब्राजिलको फुटबल चापेकोएन्सका खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो ।

बोलिभियाका अधिकारीले अनुसन्धानका लागि एयरलाइन्सका प्रमुख पूर्व एयर फोर्स जनरल गुस्तोभो वार्गासलाई पक्राउ गरेका हुन् । चापेकोएन्सका खेलाडीलाई कोलम्बिया लैजाँदै गरेको लामिए एयरलाइन्सको विमान इन्धन सकिएकाले दुर्घटना भएको थियो ।

 

तपाईको प्रतिक्रिया