Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एसएलसी परीक्षा दिन अर्कैलाई पठाउने सभासद् प्रेमबहादुर पुलामीको यस वर्षका सबै विषयका परीक्षा रद्द भएको छ। उनले अर्को वर्ष पनि एसएलसी दिन नपाउने गरी कारवाही गर्ने निर्णय परीक्षा नियन्त्रण कार्यालयले गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापिका-संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई उपलब्ध गराएको विवरणमा यस्तो कारवाही भएको जानकारी उल्लेख गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवहरि अधिकारीको अध्यक्षतामा चैत १५ गते बसेको परीक्षा समन्वय समितिको बैठकले कारवाही गर्न सिफारिश गरेको निर्णयमा उल्लेख छ।
मकवानपुर-२, बाट संविधानसभा चुनावमा प्रत्यक्ष जितेका उनको नामबाट जाँच दिएका लामा रौतहटको चन्द्रनिगाहापुरको परीक्षाकेन्द्रबाट पक्राउ परेका हुन्।
सभामुख सुवासचन्द्र नेम्वाङले बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि एकीकृत माओवादीका मुख्य सचेतक देव गुरूङलाई प्रतिवेदन हस्तान्तरण गर्दै सभासद्लाई कारवाही गर्न आग्रह गरे।
तपाईको प्रतिक्रिया