Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सके भूकम्प पीडितलाई सहयोग र राहत दिनुपर्ने हो । तर ओखलढुंगामा राजनीतिक दलका नेताहरुले उल्टै भूकम्प पीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । earthquake-e1471257312264

जसमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु पनि सहभागी भएका छन् । हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्प पीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरु हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् । शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबार फुलबारी गाविसमा संचालन भएको छ ।

गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन । ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए ।

यही बहानामा हेलिकप्टरका लागि लाग्ने ढुवानी खर्च र शिविर व्यवस्थापन खर्च भन्दै राजनीतिक दलहरु र गाविस सचिवको मिलेमतोमा लाभग्राहीबाट पैसा उठाइएको हो । एउटै गाविसबाट ३ लाख भन्दा बढी रकम उठाइएको छ । उक्त रकम हेलिकप्टरको भाडाबाहेक कुन/कुन शीर्षकमा खर्च गरिएको भन्ने सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया