Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सोलुखुम्बु – नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज सोलुखुम्बुमा उद्घाटन गर्दै उहाँले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पुर्याउने खेल भइरहेको विचार व्यक्त गर्नुभयो ।

मधेस केन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभई सीमित स्वार्थी नेताको मात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन।” नेता नेम्वाङले तराई– मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया