Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – युरोपियन युनियनकी राजदूत प्रमुख रीनसजेइ ट्रिन्कले नेपालको राजनीतिक घटनाक्रमबारे चासो राख्नु भएको छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी संविधान कार्यान्वयन, संशोधन र नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

सोही क्रममा नेपालको विकास र शान्ति प्रक्रियामा युरोपीयन युनियनले गर्दे आएको सहयोग जारी रहने बताउँदै राजदूत ट्रिन्कले आफूहरुले समृद्ध नेपाल देख्न चाहेको धारणा समेत राख्नु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर ऋषिराज अधिकारीले जानकारी दिनु भयो ।

प्रधानमन्त्री दाहालले भने दलहरुकै सहमतिमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गर्नु भएको थियो । दाहालले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउनका लागि युरोपयिन युनियनले खेलेको भूमिकाको प्रशंसा गर्दे सहयोग जारी राख्न आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया