Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

गुल्मी – प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । Gulmi

आन्दोलनकर्ताले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम आज पनि जारी राखेका छन् । सवारीसाधन सञ्चालन नहुँदा कार्यालयमा सेवा लिन आउने सर्वसाधारण समेत थप समस्यामा परेका छन् ।

सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालयमा दिनभर सुनसान हुने गरेको छ । सरकारले प्रदेश टुक्र्याउने गरी संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया