Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काँकडभिट्टा- झापाका पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी चाहना युवा परिवारका सदस्य मदन राई पक्राउ परेका छन् ।
प्रहरीले पौडेल हत्या आरोपमा पक्राउ परेकाहरुको बयानका आधारमा राईलाई मुख्य अभियुक्त भनी खोजी गरिरहेको थियो । उनकै योजनामा यादवको हत्या भएको प्रहरी अनुमान छ ।
पत्रकार पौडेलको मंगलबार राति विर्तामोडमा विभत्स हत्या भएको थियो ।
यसैबीच पत्रकार यादव पौडेलको हत्याको बिरोधमा नेपाल पत्रकार महासंघले विर्तामोडमा बिहीबार प्रदर्शन गरेको छ । हत्यारालाई कारवाही, पीडित परिवारलाई न्याय र राहतको माग गर्दै प्रदर्शन गरिएको हो ।
महासंघका अध्यक्ष शिव गाउँलेको अगुवाईमा मुक्ति चोकबाट निस्केको जुलुस महासंघको कार्यालयमा आएर सभामा परिणत भएको थियो । जुलुसमा नागरिक समाज, पेशाकर्मी, अधिकारर्मी,पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
सभामा बोल्दै अध्यक्ष गाउँलले पौडेलका हत्याले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रतामाथिको सिंगो आक्रमण भएको बताए । उनले घट्ना भएको ३० घण्टा बितिसक्दा पनि प्रहरीले प्रारम्भिक अनुसन्धान रिपोर्ट पनि सार्वजनिक नगरेकोमा आपत्ति जनाए । तत्काल छानविन रिपोर्ट बाहिर ल्याउन उनले माग गरे ।
सभामा महासंघका सल्लाहकार पोषण केसी, पूर्वाञ्चल संयोजक मोहनकाजी, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल लगायत स्थायनी राजनीतिक दल तथा विभिन्न क्षेत्रका प्रतिनिधीहरुले पत्रकार हत्याको बिरोध गर्दै दोषीलाई कारवाहीको माग गरे ।
तपाईको प्रतिक्रिया