Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

गुल्मी – सरकारले प्रदेश सीमांकनमा हेरफेरसहित संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको बिरोधमा सुरु भएको आन्दोलन गुल्मीमा जारी छ । आन्दोलनको छैटौं दिन आज बिभिन्न गाविसबाट सदरमुकाम तम्घासमा एकीकृत भएका आन्दोलनकारीहरुले नाराबाजीसहित बजार परिक्रमा गरेका थिए ।

aandolan-gulmi

उनीहरुले संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गरिएको बिरोधमा नारावाजी गरेका थिए । जिल्ला प्रशासन कार्यलय गुल्मी अगाडि लाकुरी मञ्चमा जम्मा भएर प्रर्दशन गर्दै आन्दोलनकारीहरुले नयाँ बजार, पुतली बजार, पुरानो बजार, क्याम्पस रोड हुँदै बालमन्दिरमा आएर कोणसभामा गरेका थिए ।

प्रदर्शनमा सबै पार्टीका स्थानीय नेता कार्यकर्ताहरु सहभागी थिए । सरकारले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया