Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सप्तरी – संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णाय गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णाय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिनुभएको हो ।

विज्ञप्तीमा पछिल्लो एक डेढ वर्ष यता एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताले मधेस आन्दोलन र मधेसका बारेमा नकारात्मक टिप्पणी गरेकाले एमालेको व्यवहार नफेरिसम्म सप्तरीमा उसका कार्यक्रममा निषेध गरिएको उल्लेख छ ।

एमालेले मधेस आन्दोलनलाई बदनाम गर्ने काम गरेको आरोप लगाइएको छ । एमालेको कार्यक्रम निषेध गर्न मोर्चा आवद्ध दलका नेता कार्यकर्तालाई विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया