Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

masu

चितवन – उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले बजार क्षेत्रमा रहेका अव्यवस्थित मासु पसलहरुको व्यवस्थापन गर्न माग गर्दै भरतपुर नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नारायणगढको लायन्सचोक र प्रगतीपथमा अव्यवस्थित रुपमा भैंसी र बंगुरको अस्वस्थकर मासु बिक्री गरिएको भन्दै त्यसलाई तत्काल व्यवस्थापन गर्न आग्रह सहित भरतपुर उपमहानगर पालिकाका प्रमुख महेस बराललाई ध्यानाकर्षण पत्र बुझाइएको हो । मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सल्लाहकार केदार मल्ल, शैलेन्द्र पिया, बामदेव खनाल सहित पुगेको टोलीले पत्र बुझाउँदै एक हप्ता भित्रमा मासु बजारको व्यवस्थापन गर्न आग्रह गरेको छ । लायन्सचोकमा व्यवसायीहरुले भुईंमै पशुको बदगरी खुल्ल रुपमै राखेर भिंmगा धपाउँदै मासुको व्यापार गर्ने गरेका छन् । नगरपालिकालाई मासु बजारको व्यवस्थापन गर्न पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएकाले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । मानिसले खाने मासुजन्य निकै सम्वेदनशील खाद्य बस्तु हिलो र धुलोमा माखा भन्काउँदै बेच्दा पनि नगरपालिकाले टुलुटुलु हेरेर बसेको आरोप मञ्चका सचिव प्रकाश सिग्देलले लगाउनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका बातावरण प्रमुख बिराट घिमिरेले लायन्सचोकको मासु बजार व्यवस्थापन गर्न निकै चुनौती भएको बताउनु भयो । बिगतमा पनि हटाउन पहल गर्दा व्यवसायी स्वयम्ले प्रतिकार गरेको आरोप लगाउनु भयो । ध्यानाकर्षण पत्र बुझदै कार्यकारी अधिकृत बरालले नगरपालिकाले उनीहरुलाई व्यस्थित गर्न आग्रह गर्ने र नगरेमा आवश्यक कानुनी कारबाही अगाढी बढाउन नगरपालिका तयार रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया