Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आजै देखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । jagdish-agrawal

वरिष्ठत्म प्रध्यापक समेत रहनुभएका न्युरोलोजिस्ट अग्रवाल निजी प्रक्याक्टिस नगर्ने र मेडिकल शिक्षामा विज्ञको रुपमा चिनिनुहुन्छ । यसअघि वरिष्ठता मिचेर डीन बनाएपछि डा. गोविन्द केसी अनशनमा बस्नुभएको थियो ।

डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक रहेकाले डा. केसीको अनशन आजै तोडिने बताईएको छ । डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया