Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – लागुऔषध खैरो हिरोइन ओसारपसार मुद्दामा ५ वर्ष जेल र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन् ।

फरार प्रवेश बराललाई प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई गएको १६ गते अदालतमा पेश गरिएको थियो । अदालतले बरालको कैद भुक्तानका लागि आदेश दिएपछि कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको प्रहरीले जनाएको छ ।

बराललाई २०६५ साल असोज २८ प्रहरीले १४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । खैरो हिरोइन लिएर काठमाडौं आउँदै गर्दा उनी बारा जिल्ला पिपरा सिमरा गाविसमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया